Sunday, October 4, 2009

नेताहरु भन्छन् गतिरोध चाडै अन्त्य हुन्छ

काठमाण्डौ १८ असोज । प्रमुख दलका शिर्षनेताहरुले आजपनि राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने दाबी गरेका छन । बार्ता र छलफल जारी रहेकाले राजनीतिक गतिरोध तत्कालै अन्त्य हुनेको बिकल्प नभएकोमा जोड समेत दिएका छन ।
बडादशैं र तिहारको अवसरमा नेकपा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्रि माधबकुमार नेपाल, काँग्रेस सभापति गिरीजाप्रसाद कोईराला, एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , एमालेका अध्यक्ष झलनाथ खनाल लगाएतले उच्चस्तरिय राजनीतिक संयन्त्र निमार्ण गरि राजनीतिक गतिरोध फुकाउनु पर्नेमा जोड दिएका हुन ।
प्रधानमन्त्रि नेपालले सहमती र सहकार्यबाटै देशको गतिरोध अन्त्य हुने बताउनु भयो । काँग्रेस सभापति कोईरालाले धमिलैदै गएको राजनीतिक छिटै् सङगीने बताउनु भयो । यस्तै माओबादी अध्यक्ष दाहालले सहमतीको राजनीतिकमा आफनो कुनै बिमती नभएकाले पहिले उच्च स्तरिय सहमती निमार्ण गर्नु पर्ने बताउनु भयो । एमाललेका अध्यक्ष खनालले उच्चस्तरको सहमती खोजेर बर्तमान राजनीतिक गतिरोधलाई पाखा लगाईने जिकीर गर्नु भयो ।


थापा भारत जादै

काठमाण्डौ १८ असोज । पुर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापा आज भारत जादैहुनुहुन्छ ।
अपरान्ह सवा चार वजेको उडानबाट भारत जानलाग्नु भएका पुर्व प्रधानमन्त्री थापाको भ्रमण राजनीतिक र मैत्रिपर्ण हुने उहाँका पे्रस सल्लाहकार किरण गिरीले जानकारी दिनु भयो ।
भारत बर्साईका क्रममा पुर्व प्रधानमन्त्री थापाले भारतका प्रधानमन्त्री डा.मनमोहन सिह, काग्रेसका अध्यक्ष सोनिया गान्धि , लोक सभाका अध्यक्ष, परराष्ट्र सचिव लगायतसंग भेट गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिनु भएको छ ।


राजनीतिक निकासकालागि माओवादी हदैसम्म लचिलो हुने

काठमाण्डौ १८ असोज । एकिकृत माओबादीको स्थाई समिति वैठकले राजनैतिक निकासका लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको छ ।
त्यति हुंदा पनि तिहार अगाडिसम्म राजनैतिक सहमति हुन नसके तिहारपछि कडा संघर्षमा जाने निर्णय माओवादी वैठकले गरेको छ ।
पार्टी मुख्यालयमा सम्पन्न वैठकले पार्टीले उठाउंदै आएका एजेण्डाहरुमा छलफल गरेर मात्र सहमतिमा जानुपर्ने निर्णय गरेको पार्टी प्रबक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । वैठकले पार्टीको आगामि माहाधिबेसनको तयारीका लागि १८ वटा विभिन्न विभागहरु वनाएको छ ।