Wednesday, October 7, 2009

सवारी दुर्घटनामा २ जनाले ज्यान गुमाए

विराटनगर २२ असोज । मोरङ र सिराहामा गएराती भएका सडक दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । मोरङको कटहरी ९ स्थित हुलाकी मार्गमा को १ त ३८४६ नम्वरको ट्रयाक्टरले ठक्कर दिँदा दादरबैरिया ४ का ३५ बषिर्य इन्धन सरदारको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । यस्तै सिराहाको धनगढि २ मा ज १ ख ६४७ नम्वरको बसले पैदलयात्री जहरी महतोलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment