Wednesday, October 7, 2009

पाल्पामा बस दुर्घटना पाँचजनाको ज्यान गयो, ४० जना घाइते

पाल्पा २१ आसोज । पाल्पाको चिदिपानिमा वस दुर्घटनामा ५ जनाको ज्यान गएको छ । अरु ४० जना घाइते भएका छन् । पाल्पाको आर्यभञ्ज्याङबाट पुर्वी पाल्पाको रामपुर तर्फजादै गरेको लु १ ख ५२७१ नम्बरको बस दिउसो पौने २ बजे सडकबाट ५० मिटर तल खसेको हो ।
दुर्घटनामा परि घाइते भएका सबैको पाल्पा स्थीत मिसन अस्पतालमा उपचार भइरहेको छ । मृतक ५जना मध्ये ३ पुरुष, १ महिला र १ बालक रहेको र उनिहरुको सनाखत हुन बाँकी रहेको जिल्ला ट्राफिक कार्यलय पाल्पाले जनाएको छ ।

No comments:

Post a Comment