Sunday, October 4, 2009

राजनीतिक निकासकालागि माओवादी हदैसम्म लचिलो हुने

काठमाण्डौ १८ असोज । एकिकृत माओबादीको स्थाई समिति वैठकले राजनैतिक निकासका लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको छ ।
त्यति हुंदा पनि तिहार अगाडिसम्म राजनैतिक सहमति हुन नसके तिहारपछि कडा संघर्षमा जाने निर्णय माओवादी वैठकले गरेको छ ।
पार्टी मुख्यालयमा सम्पन्न वैठकले पार्टीले उठाउंदै आएका एजेण्डाहरुमा छलफल गरेर मात्र सहमतिमा जानुपर्ने निर्णय गरेको पार्टी प्रबक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । वैठकले पार्टीको आगामि माहाधिबेसनको तयारीका लागि १८ वटा विभिन्न विभागहरु वनाएको छ ।

1 comment: