Sunday, October 4, 2009

नेताहरु भन्छन् गतिरोध चाडै अन्त्य हुन्छ

काठमाण्डौ १८ असोज । प्रमुख दलका शिर्षनेताहरुले आजपनि राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने दाबी गरेका छन । बार्ता र छलफल जारी रहेकाले राजनीतिक गतिरोध तत्कालै अन्त्य हुनेको बिकल्प नभएकोमा जोड समेत दिएका छन ।
बडादशैं र तिहारको अवसरमा नेकपा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्रि माधबकुमार नेपाल, काँग्रेस सभापति गिरीजाप्रसाद कोईराला, एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , एमालेका अध्यक्ष झलनाथ खनाल लगाएतले उच्चस्तरिय राजनीतिक संयन्त्र निमार्ण गरि राजनीतिक गतिरोध फुकाउनु पर्नेमा जोड दिएका हुन ।
प्रधानमन्त्रि नेपालले सहमती र सहकार्यबाटै देशको गतिरोध अन्त्य हुने बताउनु भयो । काँग्रेस सभापति कोईरालाले धमिलैदै गएको राजनीतिक छिटै् सङगीने बताउनु भयो । यस्तै माओबादी अध्यक्ष दाहालले सहमतीको राजनीतिकमा आफनो कुनै बिमती नभएकाले पहिले उच्च स्तरिय सहमती निमार्ण गर्नु पर्ने बताउनु भयो । एमाललेका अध्यक्ष खनालले उच्चस्तरको सहमती खोजेर बर्तमान राजनीतिक गतिरोधलाई पाखा लगाईने जिकीर गर्नु भयो ।

No comments:

Post a Comment